FAQs Complain Problems

ग्यालरी

आज मिति २०८१|०३|११  गते शहिद लखन गाउँपालिका अन्तर्गतका सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरु बिच विद्यालयका सम्पादन गरिएका असल अभ्यास आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरियो ।

, , , , , ,

मिति २०८१।०३।०३ गते देखि संचालन रहेको शहिद लखन गाउँपालिका भित्रका माध्यमिक तथा आधारभूत विद्यालयका IT स्रोत शिक्षकहरुको लागि सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम आज मिति २०८१।०३।०७ गते सम्पन्न भयो ।

, , , , , , , , , , ,

आज मिति २०८१/०३/०७ गते यस गाउँपालिका गाउँ सभा सचिवालयको १५औँ अधिवेशन सम्पन्न भयो । आगामि आ.ब. २०८१/०८२ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र योजना तथा कार्यक्रम माथि छलफलगरी यस सभाबाट सर्वमतले पारित गरियो ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

आज मिति २०८१|०२|३२ गते शहिद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवरीको अध्यक्षतामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको गरियो । यस कार्यक्रममा प्रमुख अथित गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, विषेश अथिति  वडा नं ४ का अध्यक्ष यम बहादुर थापा र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो । यस कार्यक्रममा वडा नं ४ र ५ का जेष्ठ नागरिकहरूलाई प्रमाण पत्र र नगद पुरस्कार सहित सम्मान गरियो ।

, , , , , , , , , , ,

` दलित हकहित संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम । ´

आज मिति २०८१|०२|३० गते शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरज्यूको अध्यक्षतामा दलित हकहित संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम वडा नं ६ मा सम्पन्न भएको छ । यस कार्यक्रममा प्रमुख अथिति जि.स.स., गोरखाका उप प्रमुख लिला परियार, गाउँपालकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा नं ६ का जनप्रतिनिधिहरू, गाउँ कार्यपालिका सदस्यहरू, स्थानीय राजनीतिक दलका पधातिकारीहरू, कर्मचारीहरू र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

शहिद लखन गाउँपालिकाको आयोजनामा लागु औधषी दुर्व्यसन विरुद्ध जनचेतना कार्यक्रम शहिद लखन गाउँपालिकाका आदरणीय अध्यक्ष रमेश बाबु थापा मगरज्यूको अध्यक्षता तथा जिल्ला समन्वय समिति, गोरखाका आदरणीय उपप्रमुख लिला परियारज्यूको प्रमुख आतिथ्यतामा शहिद लखन गाउँपालिका, वडा नं. ९ नाम्जुङ्ग स्थित जनशक्ति मा.वि.

, , , , , , , , , , , , , , , , , , ,

मिति २०७४।०५।१७ गते यस गाउँपालिकामा हाजिर हुन आउनुभएका सिनियर सब-ईन्जिनियर (सहायक छौठौँ) श्री मेघनाथ प्रसाद यादव ज्यूको आज मिति २०८१।०२।२४ गतेका दिन विदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न गरियो । यस पालिकाबाट सरुवा भई जानुभएको उहाँलाई यस पालिकामा रहँदा गर्नुभएको योगदानको उच्च कदर गर्दै धन्यवादका साथै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौ ।

, , , , , , , , , , , , , , ,

जिल्ला भलिबल संघ गोरखाको आयोजना भएको 'प्रथम गोरखा जिल्ला अन्तरपालिका स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८०' मा पुरूष तर्फ प्रथम स्थान र महिला तर्फ द्वितीय स्थान हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने खेलाडी र प्रशिक्षकलाई आज मिति २०८१|०२|२४ गते नगद पुरस्कार र सम्मान-प्रत्र सहित सम्मान गरियो ।

, , , , , , , , , , , ,

यस शहिद लखन गाउँपालिकाले पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरि र सोही तथ्याङ्क र सूचकका आधारमा आज मिति २०८१।०२।२४ गते पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरी ´ शहिद लखन गाउँपालिका गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम ´ सम्पन्न गरियो ।

, , , , , , , , , , , , , ,

नवनियुक्त कृषि अधिकृत श्री नविन अधिकारी सरको स्वागत कार्यक्रम गाउँपालिकाको आदरणीय अध्यक्ष श्री रमेश बाबु थापा मगर ज्यूको अध्यक्षतामा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम मगर लगायत शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा सम्पन्न गरियो।

, , , , ,

Pages

//