FAQs Complain Problems

ग्यालरी

आज मिति २०८०।११।३० गते शहिद लखन गाउँपालिकाको गाउँ सभाको चौधौँ अधिवेशनको दोस्रो बैठक र आर्थिक वर्ष २०८०।०८१ को अर्ध वार्षिक समिक्षा कार्यक्रम यस शहिद लखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगर ज्यू को अध्यक्षतामा सम्पन्न गरिएको छ ।
गाउँपालिकाका उपध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, १ देखि ९ नं वडाका वडाध्यक्ष, गाउँ कार्यपालिका सदस्यहरु, न्यायिक समितिका सदस्य, विषयगत शाखाका प्रमुखज्यूहरुको तथा कर्मचारीहरुको उपस्थिति रहेको यस कार्यक्रममा शाखा प्रमुख र वडा सचिवहरुले अर्ध वार्षिक प्रगति विवरणका बारेमा प्रस्तुति दिएका थिए ।

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति फागुन १६ र १७ गते यस गाउँपालिका अन्तरगत रहेका आधारभूत तहका शिक्षकहरूलाई एकिकृत पाठ्यक्रम (कक्षा १-३) सम्बन्धी कस्टमाइज्ड तालिम प्रदान गरियो । प्रशिक्षणमा सहजीकरण गर्नुहुने शिक्षा तालिम केन्द्र, तनहुँका शाखा अधिकृत दामोदर कार्की प्रति हार्दिक आभार व्यक्त्त गर्दछौ ।

, , , , ,

मिति २०८० फागुन १७ गते श्री हिमालय माध्यमिक विद्यालय घैरुङ्गमा माध्यमिक तह (कक्षा ९-१२) का नेपाली विषयका शिक्षकहरूलाई पाठ्यक्रम प्रवोधीकरण तथा क्षमता विकास तालिम प्रदान गरियो ।

, , ,

प्रथम शहीद लखन थापा मगर तथा उनका सहयोद्धा शहीद जयसिंह चुमि राना मगरको १४७औँ स्मृति दिवस विविध कार्यक्रमहरु गरी सम्पन्न भयो। कार्यक्रम शहीद लखन किल्ला परिसरमा गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षतामा गण्डकी प्रदेश सभाका सभामुख माननीय कृष्ण प्रसाद घिताल विजयको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको संचालन सहायक प्रशासकीय अधिकृत पूर्ण बहादुर गहतराजले संचालन गर्नु भएको थियो । प्रथम शहीद लखन थापा मगर तथा शहीद जयसिंह चुमि राना मगरको सालिकमा माल्यार्पण गरी कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रममा वडा नं.

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

"प्रथम अन्तर वडा शहिद लखन कप पुरुष भलिवल २०८०" को पुरस्कार वितरण कार्यक्रम ।

, , , , , , , , , , , , , , , , , , , , ,

गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवर्धन साझेदारी कार्यक्रम कार्यान्वयनको लागि शहिद लखन गाउँपालिका र मुख्यमन्त्री कार्यालयबीच सम्झौता सम्पन्न भएको छ ।
मिति : २०८०/१०/२८ गते

मिति २०८०-१०-२४ गते, खाद्द तथा पोषण सुरक्षा सुधार आयोजना - दोश्रो  (Food and Nutrition Security Enhancement Project -ii ) , आयोजना व्यवस्थापन इकाई, हरिहरभवन ललितपुरको आयोजनामा, वरिष्ठ कृषि अधिकृत केशव देवकोटा र वरिष्ठ मुल्याङ्कन तथा अनुमन अधिकृत रुद्र पौडेलको उपस्थितिमा आयोजना सम्बन्धि एकदिने अभिमुखिकरण गोष्ठि सम्पन्न भएको थियो।यो आयोजना अन्तर्गत यस पालिका भित्रका बिभिन्न वडाहरुमा कृषि समूह, पशुपंक्षी समूह , पोषण समूहहरु बनाएर अत्यन्तै पिछडिएका वर्गहरुको खाद्य तथा पोषण सुरक्षा सुधार सम्बन्धि उद्देश्य हासिल गर्ने लक्ष्य राखेको छ।

, , , , , , , , , , , , , ,

शहिद लखन गाउँपालिका द्वारा आज मिति २०८०/१०/१५ गते वडा नं ७,८,९ का ९ जना गणकहरूलाई किसान सुचिकरण प्रकृया विषयक १ दिने तालिम प्रदान गरियो ।

, , , , , , , ,

Pages

//