मिति २०८०।०५।०३ गते यस शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठ तथा सम्पुर्ण स्वास्थ्य चौकि प्रमुखहरुको उपस्थितिमा "आ.ब. २०७९।०८० मा सम्पादीत स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समिक्षा" कार्यक्रम सपन्न गरियो ।
समाचार
ग्यालरी
यस शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षतामा जिल्ला संमन्वय समिति, गोरखाका उपप्रमुख श्री लिला परियार ज्यूको प्रमुख आतिथ्यतामा मिति: २०८०।०४।३० गते गाउँपालिकाको आ. ब.
मिति २०८०।०४।२९ गते यस शहिद लखन गाउँपालिकाका प्रशासकीय प्रमुख बाबुराम मगर द्बारा सबै वडा सचिवहरुलाई र कृषि अधिकृत ऋषि रोकाद्बार वडा अन्तरगत रहेका सम्पुर्ण कृषि तथा पशु प्राविधिकहरु बिच कार्यसम्पादन कारार सम्झौता गरियो ।
मिति २०८०।०४।१५ गते बसेको कार्यपालिका बैठकमा यस शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर ज्यूद्बारा उपाध्यक्ष ईन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर र सबै कार्यपालिका सदस्यहरु तथा प्रमुख प्रशासकीय अधिकृतद्बारा सम्पुर्ण साखा प्रमुखहरु बिच कार्यसम्पादन कारार सम्झौता गरियो ।
आज मिति २०८०।०३।१९ गतेका दिन यस शहिद लखन गाउँपालिकाका प्र. प्र. अ. बाबुराम मगर, लेखा अ. सन्तोष लामिछाने र आ. ले. प. दुर्गा बिष्टको उपस्थितिमा यस शहिद लखन गाउँपालिका भित्र रहेका सबै वडाका सचिव तथा कार्यालय साहायकहरुलाई आगामि आ. व. २०८०।८१ देखि लागु हुने स्थानीय तह संचित कोष व्यवस्थापन प्रणाली ( Sutra) को राजश्व मोड्युल सम्बन्धी तालिम प्रदान गरियो।
शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर , उपाध्यक्ष इन्दिरा तिवारी, प्र.प्र.अ. बाबुराम मगर, लेखा अ. सन्तोष लामिछाने, ई. राजन रानाभाट, ई. मेघनाथ प्रसाद यादव, अ. स. ई. सहदेव गौतम तथा कोष तथा लेखा नियन्त्रक कार्यालय, गोरखाका प्रमुख महेन्द्र प्रसाद भण्डारी सहितको टोलिका साथ निम्न योजनाहरु अनुगमन गरियो ।
- शहिद लखन १५ शैया अस्पताल ( शहिद लखन-५ ,तिनमाने)
- देउराली ओयाक रानिश्वरा तिनघरे चिसापानी तिनमाने घैरुङ्ग सडक स्तरोन्नती
- शहिद लखन गाउँपालिकाको प्रशासकिय भवन
शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर , उपाध्यक्ष इन्दिरा तिवारी, वडा नं ६ र ४ का वडाध्यक्ष क्रमश दिलिप नारायण थापा, यम बहादुर थापा, प्र.प्र.अ. बाबुराम मगर, कृषि अ. ऋषि रोका तथा गाउँपालिका भित्र रहेका कृषकहरुको उपस्थितिमा यस शहिद लखन गाउँपालिका पशु सेवा शाखाको वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत दुधजन्य परिकार खुवा र पनिर बनाउने तालिमको आज मिति २०८०।०३।१४ गते उद्घाटन गरीयो ।
शहिद लखन गाउँपालिकाको आयोजनामा आयोजित दुई दिने एकिकृत पाठ्यक्रम सम्बन्धी कस्टमाइज्ड तालिम शहिद लखन गाउँपालिकाका आदरणिय अध्यक्ष रमेश बाबु थापा मगर , उपाध्यक्ष इन्दिरा तिवारी, प्र.प्र.अ. बाबुराम मगर, शिक्षा अ. राजेन्द्र खनाल, सहजकर्ता शिक्षा तालिम केन्द्रका अधिकृत दामोदर कार्कि, शिक्षा समन्वयनकर्ता मोहनराज बिष्ट, सूचना प्र. अ. अर्बिन थापा लगायत गाउँपालिका भित्र रहेका विद्यालयका सहभागी शिक्षकहरु बिच आज मिति २०८०।०३।१४ गतेका दिन उद्घाटन गरीयो र यस तालिम २ दिन सम्म सञ्चालन हुनेछ ।
शहिद लखन गाउॅंपालिकाको आदरणीय अध्यक्ष श्री रमेश वावु थापा मगर , वडा नं ४ का वडाध्यक्ष श्री याम वहादुर थापा ,भरतपुर अस्पतालमा कार्यरत नाक ,कान,घाटी रोग विशेषज्ञ डा. लाल वहादुर गुरूगंको उपस्थितिमा प्रयोगात्मक अभ्यास सहितको स्वास्थ्यकर्मीहरूको लागि नाक ,कान ,घाटीका रोगहरू सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सफलतापुर्वक सम्पन्न गरियो।
" सकेसम्म स्वदेशमै रोजगारी गरौ, यदि विदेश जाने नै भए सहि सूचना लिएर र सीप सिकेर जाऔं " भन्ने नाराका साथ गाउँपालिकाको सहकार्यमा सुरक्षित आप्रवासन (सामी) द्बारा यस गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारी, प्र. प्र. अ. बाबुराम मगर साथै बैंक तथा वित्तिय संथाहरुका प्रमुख / प्रतिनिधिहरुको उपस्थितिमा गाउँपालिका भित्र सेवा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाहरुसंग समन्वयात्मक बैठक आज मिति २०८०।०३।१० गते यसै गाउँपालिकाको सभा हलमा सम्पन्न गरियो ।