FAQs Complain Problems

ग्यालरी

आधारभूत तथा माध्यमिक तहका IT स्राेत शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धि २ दिने क्षमता विकास तालिम श्री हिमालय माध्यमिक विद्यालय शहिद लखन गापा ६ घैरुङ्गमा सम्पन्न भएकाे छ। तालिममा शिक्षा तालिम केन्द्र दमाैलिबाट विदुरहरी आचार्य तथा शिक्षक अनुपबाबु श्रेष्ठले सहजीकरण गर्नुभएकाे थियाे ।

, , , , , , , , ,

शहिद लखन गाउँपालिका स्तरीय आधारभूत तह कक्षा( ६-८ स्तरीय) वक्तृत्वकला प्रतियाेगिता शिक्षा युवा तथा खेलकुद शाखाकाे आयाेजनामा शहिद लखन गापा १ बक्राङ्ग स्थित बक्रेश्वर माध्यमिक विद्यालयमा सम्पन्न भएकाे छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर गुरुङकाे अध्यक्ष्यतामा गाउँपालिकाका आदरणिय अध्यक्ष रमेश बाबू थापा मगरकाे प्रमुख आतिथ्यतामा शहिद लखनगापा वडा नं १ का वडाध्यक्ष प्रेम गुरुङ, शिक्षा अधिकृत राजेन्द्र खनाल लगायत जनप्रतिनिधि शिक्षक अभिभावक विद्यार्थीहरुकाे उपस्थिति रहेकाे थियाे। प्रतियाेगितामा जनशक्ति माध्यमिक विद्यालयकी छात्रा गुञ्जन अधिकारी प्रथम, सिद्धस्थानी माविकी छात्रा

, , , , , , , , , , , , , , , ,

शहिद लखन गाउॅंपालिकाको आदरणीय अध्यक्ष श्री रमेश वावु थापा मगर ज्युको अध्यक्षतामा वडा नं ५ को मास्किछापमा खकारको नमुना संकलन तथा परिक्षण कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा २०६ जनाको क्षयरोग परिक्षणको लागि खकारको नमुना संकलन गर्ने कार्य गरियो ।

, , , , , , , , , ,

गाउँकार्यपालिका तथा राजनैतिक दलहरु वीच नीति तथा कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम गाउँपालिकाका आदरणीय अध्यक्ष श्री रमेश बाबु थापा मगरज्यूको अध्यक्षतामा कार्यपालिका सदस्य, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि लगायत कर्मचारीहरुको उपस्थितिमा आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम निर्माण सम्बन्धी विषयमा छलफल सम्पन्न भएको छ।

मिति : २०८०।०२।२८

, , , , , , , ,

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सहमति नेपाल तथा यस शहिख लखन गाउँपालिकाको कार्यलयको आर्थिक सहयोगमा आज मिति २०८०।०२।२८ गते गाउँपालिका अन्तरगत रहेका ४ प्रहरी चौकीहरु (बुंकोट, घैरुङ्ग, मनकामना,राईनास) लाई आज यस शहिख लखन गाउँपालिकाको अध्यक्ष रमेश बाबु थापा मगर, उपाध्यक्ष ईन्दिरा तिवारी, प्र. प्र. बाबुराम मगर साथै सबै वडाका वडाध्यक्षहरु र प्रहरी चौकीका प्रमुखहरुको उपस्थितिमा विपत प्रतिकार्य सामाग्रीहरु हस्तान्तरण गरियो ।

हस्तान्तरण गरीएका सामाग्रीहरुको विवरण (प्रति चौकी) :

1. Fire Fighting Suit - 3

2. Fire Proof Gumboot - 4

3. Socks - 3

, , , , , , , , , , , , , , , , , , ,

आज मिति २०८०-०२-२६ गते शहिद लखन गाउँपालिका ५ नं. वडाका वडा अध्यक्ष यम बहादुर थापा, वडा नं ४,५ का वडा सचिव क्रमशः रश्मा थापा, मनोहर ज्ञवाली तथा वडाका नागरिक, व्यवसायी र सरोकारवालाहरुको उपस्थितिमा गाउँपालिकाको करका दर, दायरा तथा गाउँपालिकाको राजश्वको अवस्थाको बारेमा अन्तरक्रिया गरी राजश्व सुधारका लागि जनतासंग गाउँपालिका कार्यक्रम सम्पन्न गरियो। समन्वय गरिदिने वडा कार्यालयहरु तथा उपस्थित करदाता तथा सम्पूर्ण वडावासीप्रती आभार व्यक्त गर्दछौ।

, , , , , , , ,

आज मिति २०८०-०२-२६ गते यस शहिद लखन गाउँपालिकाको सभाहलमा यस गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, प्र.प्र.अ. बाबुराम मगर साथै सरकारी वकिलको कार्यलय, गोरखाबाट पाल्नु भएका प्रशिक्षक जिल्ला न्याधिवक्ता श्री सुरेन्द्रराज काफ्ले द्वारा टोल सुधार समिति तथा निगरानी समुहका सदस्यहरूलाई कानुन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमबाट स्थानीय तहका जनप्रतिनिधिलाई सहयोग मिल्ने तथा स्थानीय स्तरमा भएका विकासमा नागरिकको सहभागिता सुनिश्चित गर्ने कार्यमा टोल सुधार समिति सहयोगी बन्ने अपेक्षा राखेका छौ ।

, , , , , , , ,

शहिद लखन गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा "गुणस्तरिय स्वास्थ्यको लागि आफ्नै पहल" भन्ने नाराका साथ सेवाको पहुँच तथा उपयोगमा बृद्धि गराउने अभिप्रायले शहिद लखन गाउँपालिकाको ३,५,७ नं वडामा मिति २०८०।२।२२ देखि २०८०। २।२५ सम्म "समता र पहुँच सामाजिक नक्साङ्कन कार्यक्रम" र "नव शिशु ,बालरोगको एकिकृत ब्यबस्थापन तथा मातृ स्वास्थ कार्यक्रम" सन्चालन गरियो ।

, , , , , , , , , , , , , , , , , ,

मिति २०८०|०२|२५ गते यस शहिद लखन गाउँपालिकाको आयोजनामा ३ नं. वडाका वडा अध्यक्ष श्री दिपक पाण्डेको अध्यक्षता तथा प्रमुख अथिति इन्दिरा तिवारी (उपाध्यक्ष) अथिति प्रेम गुरुङ (१ नं. वडाध्यक्ष),कार्यक्रम संचालक कृष्ण प्रसाद अर्याल लगायत जनप्रनिधि, नागरिक, व्यवसायी तथा सरोकारवालाहरुको उपस्थितिमा स्थानीय तहका करका दर, दायरा तथा गा.पा.को राजश्वको अवस्थाको बारेमा अन्तरक्रिया गरी राजश्व सुधारका लागि जनतासंग गाउँपालिका कार्यक्रम सम्पन्न भयो। समन्वय गरिदिने वडा कार्यालयहरु तथा उपस्थित करदाता तथा वडावासीहरु सम्पूर्णलाई धन्यवाद।

, , , , , , , , , , ,

हामी सबै श्रमदानमा जुटाैं 

सिंजाली मा. वि. भवन निर्माणको लागि विद्यालयले सम्पन्न गर्नु पर्ने जग्गा ब्यवस्थापन, साइड क्लिरियन्स तथा वरपरको घर टहरा ब्यबस्थापन गर्न श्रमदानमा जुट्नु भएका जनसमुदाय, निर्माण समिति, अभिभावक ज्यूहरु साथै यस अभियानलाई हौसला प्रदान गर्न पुग्नु भएका शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडा नं ६,९,४ का वडा अध्यक्ष क्रमशः दिलिप नारायण थापा मगर, राम कुमार श्रेष्ठ, यम बहादुर थापा लगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछौं ।

सबैले हातेमालो गरि श्रमदान गरौ उदाहरणीय बनौ, श्रम बाट नै विकास सम्भव छ ।

, , , , , , , , , , , , ,

Pages

//