FAQs Complain Problems

ग्यालरी

शहिद लखन गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समीक्षा कार्यक्रम मिति २०८१ साल श्रावण १७ गते गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा सम्पन्न गरियो। यस कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष श्री रमेश बाबु थापा मगरज्यूले गर्नुभएको थियो र कार्यक्रममा गोरखा जिल्ला समन्वय समितिका प्रमुख श्री मोहन बहादुर थापा मगर ज्यू प्रमुख अतिथिको रूपमा उपस्थित हुनुभएको थियो। साथै कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख श्री लिला परियारज्यू, गाउँपालिका उपाध्यक्ष श्री इन्दिरा तिवारीज्यू, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम मगरज्यू लगायत गाउँसभा सदस्यज्यूहरू, गाउँपालिका अन्तर्गतका राजनीतिक द

, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

आज मिति २०८१।०४।१६ गते, शहिद लखन गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत सि.अ.न.मी. मनिला श्रेष्ठ सि.अ.न.मी.निरीक्षक छैठौं तह, मनकामना स्वास्थ्य चौकीमा कार्यरत अ.न.मी. सुरभि अधिकारी सि.अ.न.मी.पाँचौ तह, बक्राङ स्वास्थ्य चौकीमा कार्यरत का.स. भगमान खत्री पाँचौ तह र ताकलुङ स्वास्थ्य चौकीमा कार्यरत का.स. पाँचौ तहमा स्तर वृद्धि भएकोमा हार्दिक बधाई तथा आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दछौं। यी कर्मचारीहरूको योगदानले हाम्रो गाउँपालिकाको स्वास्थ्य सेवालाई थप सुदृढ र प्रभावकारी बनाउने विश्वास गर्दछौं।

, , , , , , , ,

शहिद लखन गाउँपालिका र वाइन टु वाटर नेपाल (WWN), काठमाडौं बिच स्वच्छ खानेपानी, सरसफाई तथा स्वच्छता (WASH) सेवा नपुगेका समुदाय, बिद्यालय र स्वास्थ्य संस्थाहरुमा वाश परियोजना कार्यान्वयनको समझदारी पत्र २०८१ श्रावण १६ गते हस्ताक्षर भएको छ। यो परियोजनाले हाम्रो गाउँपालिकाका विभिन्न क्षेत्रहरुमा स्वच्छ पानी र सरसफाईको सेवा पुर्याउने लक्ष्य राखेको छ।

सम्झदारी पत्रमा हस्ताक्षर पश्चात, वाइन टु वाटर नेपाल (WWN) को टिमलाई स्वागत पनि गरियो। यो परियोजनाले हाम्रो समुदायमा सरसफाई र स्वास्थ्यको स्तरमा महत्वपूर्ण सुधार ल्याउनेछ भन्ने आशा गरेका छौं।

, , , , , , , ,

आ.व. २०८१/८२ का लागि गाउँपालिका अध्यक्षज्यूले उपाध्यक्षज्यू, वडा अध्यक्षज्यूहरु र कार्यपालिका सदस्यहरु तथा प्रमुख प्रशासकीय अधिकृतसँग मिति २०८१/०४/०४ गते कार्य सम्पादन करार सम्झौता  गर्नुभएको छ |

, , , , , , , , , , , , , , ,

आज मिति २०८१/०३/२७ गते शहिद लखन गाउँपालिकाले आ.व. २०८०/०८१ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सिञ्जालि मा.वि., वडा नं.

, , , , , , , ,

बरिष्ठ प्रशासन सहायक (वडा सचिव) मनोहरी ज्ञवालीज्यूको बिदाई तथा फेरी भेटौला कार्यक्रम ।

मिति २०४५।११।२६ मा तत्कालीन जिल्ला पञ्चायत सचिवालय गोरखाबाट मुकहं टाईपिष्ट पदमा नियुक्ति भई, मिति २०७४।११।२९ देखि हामीसँग जोडिनुभएका उहाँले आफ्नो अथक परिश्रम र समर्पणले हाम्रो कार्यालयलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ।

, , , , , , , ,

मिति २०८१।०३।१८ गते राष्ट्रिय युवा परिषद् सानोठिमी, भक्तपुरको समन्वयमा शहिद लखन गाउँपालिका शहिद लखन गाउँपालिका सूचना र प्रविधिको सहि प्रयोग सम्बन्धी युवा स्वयम्सेवक विकास तालिम सम्पन्न गरियो। गाउँपालिका भित्रका सबै वडाबाट प्रतिनिधित्व गरेर आउनुभएका युवाहरूसंग विभिन्न विषयमा अन्तरक्रिया  तथा कृयाकलापहरू गरी कार्यक्रम सम्पन्न गरियो । प्रशिक्षणमा सहजीकरण गरिदिनुहुने भिम लाल श्रेष्ठ सर प्रति हार्दिक आभार व्यक्त गर्दछौ ।

, , , , , , , , , , , , , ,

आज मिति २०८१।०३।१६ गते राष्ट्रिय युवा परिषद् सानोठिमी, भक्तपुरको समन्वयमा शहिद लखन गाउँपालिका युवामैत्री स्थानीय शासनका लागि युवाका मुद्दामा बहस पैरवी कार्यक्रम सम्पन्न गरियो। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सामाजिक विकास शाखा संयोजक, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुखको उपस्थितिमा सवै वडाबाट प्रतिनिधित्व गरेर आउनुभएका युवाहरूसंग विभिन्न विषयमा छलफल गरी कार्यक्रम सम्पन्न गरियो ।

, , , , , , , , , , , , , , , ,

आज मिति २०८१ साल असार १३ गते बिहिबारका दिन शहिद लखन गाउँपालिकाको न्यायिक समितिको आयोजनामा न्यायिक समिति पदाधिकारी र मेलमिलापकर्ताहरुका लागि क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रम न्यायिक समिति संयोजक इन्दिरा तिवारी ज्यूको अध्यक्षतामा माननीय न्यायाधिस श्रीमान् शिब बहादुर रानाभाट ज्यूको प्रमुख आतिथ्य, जिल्ला न्यायाधिवक्ता श्री सुरेन्द्रराज काफ्ले, गोरखा जिल्ला अदालतका स्रेस्तेदार मदनराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत, न्यायिक समिति सदस्यहरु, मेलमिलापकर्ताहरु र गोरखा जिल्ला अदालत र  गाउँपालिका कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

, , , , , , , , , , , , , , ,

आज मिति २०८१।०३।१३ गते शहिद लखन गाउँपालिका सामाजिक विकास शाखा संयोजक कृष्ण प्रजाको अध्यक्षता, यस गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीज्यूको प्रमुख अतिथि तथा वडा नं ४ का अध्यक्ष यम बहादुर थापाज्यूको विषेश अतिथि,  नेपाल चेपाङ संघक केन्द्रिय समितिका भगवती चेपाङ तथा सिमान्तकृत तथा अल्पसंख्यक जातिका जनसमुदायको उपस्थितिमा  सिमान्तकृत तथा अल्पसंख्यक जातिको हकहित तथा संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम वडा नं ४ मा सम्पन्न गरियो । 

, , , ,

Pages

//