FAQs Complain Problems

समाचार

ग्यालरी

मिति २०८०।०२।०१ गतेका दिन शहिख लखन गाउँपालिकाको शिक्षा शाखा द्बारा आयोजित "शहिद लखन गाउँपालिकाको स्थानीय पाठ्यक्रम हाम्रो शहिद लखन (कक्षा ४-८) प्रवोधीकरण कार्यक्रम" यसै शहिद लखन गाउँपालिकाको सभा हलमा सम्पन्न गरियो ।

, , , , , , , , , , , , , , , , , , , ,

शहिद लखन गाउॅंकार्यपालिकाले आगामी ३ वर्ष भित्रगाउॅंपालिका भित्र वसोवास गर्ने २० वर्ष उमेर देखि ६० वर्ष उमेर समुह भित्रको सवै विवाहित महिलाहरूको पाठघरको क्यान्सर परिक्षण गर्ने निति र आ.व २०७९/०८० मा गाउॅंपालिकाले VIA परिक्षण कार्यक्रम मा विनियोजित वजेट वाट २ चरणमा गरेर ९ वटाको १० स्थानमा गएर ७८६ जना ( चर्च घर भोगटेनि ८० जना,वालज्योति प्रा.वि.मा ७४ जना, त्रिवेणी प्रा.वि मा ९४ जना , कानाटार सामुदायीक भवनमा ८५ जना, ताकलुगं आधारभुत स्वा.के.मा ८० जना, प्रगति प्रा.वि.तेर्सेमा ९३ जना, घैरूगं स्वा.चौकीमा ९९ जना , देउरालि सामुदायीक भवनमा ८१ जना, बुंकोट आधारभुत स्वा.के.मा४५ जना र भिमसेन आ.वि.मा ५४ जना

, , , , , , , , , , , , , ,

मनकामना बजार क्षेत्रको फोहोर मैला व्यवस्थापनको लागि मनकामना दर्शन प्रा. लि. बाट सामाजिक उत्तरदायित्व वापत शहिद लखन गाउँपालिकालाई हस्तान्तरण भएको ट्रयाकटर मनकामना क्षेत्र फोहोर व्यवस्थापन तथा सरसफाइ बोर्डलाई हस्तान्तरण गर्नका लागि मिति २०८०।‍०१।३१ गते शहिद लखन गाउँपालिका र मनकामना क्षेत्र फोहोर व्यवस्थापन तथा सरसफाइ बोर्ड बिच सम्झौता भएको छ ।

साथै मनकामना क्षेत्र फोहोर व्यवस्थापन तथा सरसफाइ बोर्ड का दिनेश जोशी (अध्यक्ष), दिनार श्रेष्ठ (उपाध्यक्ष), प्रेम कुमार श्रेष्ठ (सचिव) लाई नया कार्यकालको शुभकामना ।

, ,

मिति २०८०।०१।२८ गते यस शहिद लखन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलयद्बारा आयोजित " गाउँपालिका स्तरीय बाल सञ्जाल गठन तथा बाल अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम " साम्पन्न गरी अध्यक्षमा मिन कुमारी चेपाङ्ग (सिंजाली मा.वि.), उपध्यक्षमा रेनुका कोइराला (हिमालयन मा. वि.), सचिवमा कुशला श्रेष्ठ (शहिद स्मृतिमा. वि.), सहसचिवमा सोनिया लामिछाने (जनशक्ति मा. वि.), कोषाध्यक्षमा साजना पौडेल (मनकामना मा. वि.) र अन्य सदस्य गरि १६ जना को सदस्यतामा र पछि १ अपाङ्ग मनोनित गरिने गरि १७ सदस्यको गाउँपालिका स्तरीयको बाल सञ्जाल गठन गरियो ।

, , , , , , , , , , , , , , , , , , , , , , , ,

मिति २०८०/०१/२७ गते शहिद लखन गाउॅंपालिकाको आयोजना र NACCF को प्राविधिक सहयोगमा घैरूगं स्वास्थ्य चौकीमा संचालन भएको स्त्री रोग तथा पाठेघर क्यान्सर परिक्षण सम्बन्धि निशुल्क स्वास्थ्य शिविर वडा नं ६ को वडाध्यक्ष श्री दिलिप थापा अध्यक्षतामा र शहिद लखन गाउॅंपालिकाको आदरणीय अध्यक्ष श्री रमेश वावु थापा मगर ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न गरियो । शिविरमा ९९ जनालाई सेवा प्रदान गरियो जस मध्ये ७ जनाको VIA positive देखियो र positive सवैलाई Thermocogulation विधि द्वारा उपचार गरियो ।

, , , , ,

मिति २०८०।०१।२६ गते यस शहिद लखन गाउँपालिकाको सभा हलमा "सामुदायिक विद्यालय बाल कक्षा सहज क्रताहरुका लागि सामाग्री निर्माण कार्यशाला " सम्बन्धि ४ दिने तालिम सम्पन्न भएको छ ।

, , , , , , , , , , , , , , , , , , ,

आज मिति २०८०।०१।२६ गते मङ्गलबार, शहिद लखन गाउँपालिकाको अध्यक्ष रमेशबाबु थापा मगर, प्र. प्र. अ. बाबुरा मगर ,ले. अ. सन्तोष लामिछाने , शि. अ. राजेन्द्र खनाल को उपस्थितिमा यस शहिद लखन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलयद्बारा आयोजित " सामुदायिक माध्यमिक विद्यालयका विद्यालय सहायक तथा आधारभुत तहका प्रधानाध्यापकलाई लेखा तथा जिन्सी व्यवस्थापनको २ दिने तालिम " को उत्घाटन गरिएको छ ।

, , , , , , , , , , , , , , , , , , , , , , , ,

शहिद लखन गाउँपालिका, स्थानीय विपद् व्यवस्थापन समितिको बैठक ( मिति २०८०।०१।२० गते ) शहिद लखन गाउँपालिकाको सभाहलमा सम्पन्न भयो ।

, , , , , , , , ,

मिति २०८०।०१।११ गते गाउँपालिकाको सभा हलमा " लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण परिक्षण " तथा " मध्यकालिन खर्च संरचना " सम्बन्धी कार्यशाला कर्यक्रम ।

, , , , , , , , , , , , , , ,

मिति २०८०।०१।०८ गतेको दिन सूचाना तथा संचार प्रविधि अधिकृत श्री मनोज लामिछाने सरको विदाई तथा नवनियुक्त सूचाना तथा संचार प्रविधि अधिकृत श्री अर्बिन थापा सरको स्वागत कार्यक्रम गाउँपालिकाको आदरणीय अध्यक्ष श्री रमेश बाबु थापा मगर ज्यूको अध्यक्षतामा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम मगर लगायत शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा सम्पन्न गरियो।

, , , , , , , , ,

Pages