आज मिति २०८१।११।२४ गते ११५औं अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च, २०२५) को अवसरमा “सबै महिला तथा बालिकाका लागि: अधिकार, समानता र सशक्तिकरण” भन्ने मूल नाराका साथ शहिद लखन गाउँपालिकाका उप-प्रमुख इन्दिरा तिवारीज्यूको अध्यक्षता, गण्डकी प्रदेश, सभा सदस्य माननीय शुशिला सिंखडाज्यूको प्रमुख आतिथ्य तथा जि.स.स., गोरखाका उप-प्रमुख लिला परियारज्यूको विशेष आतिथ्यमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरियो। साथै, कार्यक्रममा वडा नं.
समाचार
ग्यालरी
आज मिति २०८१ साल फागुन २३ गते शुक्रबारका दिन शहिद लखन गाउँपालिका, ९ नं. वडा कार्यालय नामजुङ्गको नवनिर्मित वडा कार्यालय भवन गण्डकी प्रदेशका सभामुख माननीय कृष्ण प्रसाद धितालज्यूबाट समुद्घाटन भएको छ ।







आज मिति २०८१ साल फागुन २३ गते शुक्रबारका दिन शहिद लखन गाउँपालिका वडा नं ६ स्थित तिनघरे गाउँघर खोप क्लिनिकको नवनिर्मित भवनको समुद्घाटन कार्यक्रम गण्डकी प्रदेशका सभामुख माननीय कृष्ण प्रसाद धितालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।








मिति २०८१/११/१६ गते शहीद लखन गाउँपालिका वार्ड नं ९,सातदोबाटो टोम सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तरगत वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कक्षा संञ्चालन गरियो ।



मिति २०८१ साल फागुन १५ गते बिहिबारका दिन शहिद लखन गाउँपालिकामा गोरखा जिल्ला न्यायिक समितिहरुको न्यायिक भेला तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता शहिद लखन गाउँपालिका उपाध्यक्ष श्री इन्दिरा तिवारीज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख श्री मोहन बहादुर थापा मगर,विशेष अतिथि श्री लिला परियार,(उपप्रमुख, जिल्ला समन्वय समिति गोरखा), अतिथिहरु श्रीमान् शिव बहादुर रानाभाट(जिल्ला न्यायाधिस, गोरखा), गोरखा जिल्लाका स्थानीय तहहरुका उपप्रमुख तथा उपाध्यक्षज्यूहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।




गाउँपालिकाद्वारा सञ्चालित एकल महिलाहरूका लागि सात दिने सिप विकास तालिम आज मिति २०८१ फागुन १४ गते सम्पन्न भएको छ। समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतज्यूबाट सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। सिप विकासमार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले गरिएको यो तालिममा सहभागी सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दछौ ।



आज मिति २०८१ फागुन १० गते, यस गाउँपालिकाद्वारा सञ्चालित सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीहरूका लागि तीन दिने नेतृत्व विकास तालिम सम्पन्न भयो। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत को उपस्थितिमा तालिमको उद्घाटन गरिएको थियो। तालिममा शंकर कुमार प्रधानले प्रशिक्षणमा सहजिकरण गर्नु भएको थियो। साथै सामाजिक विकास समितिका संयोजक कृष्ण बहादुर प्रजा द्वारा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरियो। सहभागी सम्पूर्णलाई धन्यवाद!




आज मिति २०८१ फागुन १० गते, यस गाउँपालिकाद्वारा सञ्चालित सामुदायिक सिकाइ केन्द्रका पदाधिकारीहरूका लागि तीन दिने नेतृत्व विकास तालिम सम्पन्न भयो। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत को उपस्थितिमा तालिमको उद्घाटन गरिएको थियो। तालिममा शंकर कुमार प्रधानले प्रशिक्षणमा सहजिकरण गर्नु भएको थियो। साथै सामाजिक विकास समितिका संयोजक कृष्ण बहादुर प्रजा द्वारा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरियो। सहभागी सम्पूर्णलाई धन्यवाद!




प्रथम शहीद लखन थापा मगर तथा उनका सहयोद्धा जयसिंह चुमि राना मगरको १४८औँ स्मृति दिवस शहीद लखन किल्ला परिसरमा गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगरको अध्यक्षता र जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापाको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमसहित सम्पन्न भयो, जसमा शहीदहरूको सालिकमा माल्यार्पण, शहीद तथा बेपत्ता परिवारका सदस्यहरू र किल्ला विकासका लागि जग्गादाताहरूको सम्मान, गाउँपालिकाका उत्कृष्ट कृषक तथा पशुपालकहरूको सम्मान, स्थानीय कलाकारको प्रस्तुति, विद्यालयका विद्यार्थीहरूको नृत्य प्रदर्शनी र दोस्रो शहिद लखन कप पुरुष भलिबल प्रतियोगिता २०८१ का विजयी तथा सहभागी खेलाडीहरूलाई पुरस्कृत गरि
शहिद लखन गाउँपालिकाको आयोजनामा आज मिति २०८१।१०।२९ गते अन्तर वडा दोस्रो शहीद लखन कप पुरुष भलिबल प्रतियोगिता-२०८१ को उद्घाटन सत्र र प्रतियोगिताको पहिलो दिनको ६ वटा खेलहरु सम्पन्न भएको छ। साथै यसैगरी कार्यक्रमको अवसरमा संभव नेपालले यस गाउँपालिकालाई भलिबल खेलकुद सामग्री हस्तान्तरण गर्नुभएकोमा संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछौं।



