FAQs Complain Problems

ग्यालरी

मिति २०८२।०१।१४ गते शहिद लखन गाउँपालिकाको खासस्व योजना (WASH PLAN) निर्माणको लागि वडा नं. ५ मा सूचना तथा तथ्याङ्कहरूको रुजु, छलफल, परामर्श तथा वडा स्तरीय प्रमाणीकरण कार्यका लागि कार्यशाला कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

, , ,

मिति २०८२।०१।१५ गते शहिद लखन गाउँपालिकाद्वारा आयोजित पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चिता कार्यक्रम गाउँपालिका उपाध्यक्ष श्री इन्दिरा तिवारीज्यूको अध्यक्षतामा तथा जिल्ला समन्वय समिति गोरखाका प्रमुख श्री मोहन बहादुर थापा मगरज्यू प्रमुख अतिथिको रुपमा सम्पन्न भयो। यसै अवसरमा शहिद लखन गाउँपालिका गोरखा जिल्लाकै "पूर्ण खोप पालिका" घोषणा गर्ने पहिलो पालिका भएको छ।

, , , , , , , , , , , , ,

मिति २०८२।०१।१३ गते शहिद लखन गाउँपालिका–०६ घलेडाँडा स्थित कफी भवनमा गाउँपालिकाका आदरणीय अध्यक्ष श्री रमेश बाबु थापा मगरज्यूको अध्यक्षतामा रासायनिक मल सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।

, , , ,

आज मिति २०८२।१।११ गते शहिद लखन गाउँपालिका तथा प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराको संयुक्त आयोजनामा "पारिवारिक तथा जनसांख्यिकीय लागत संकलन अध्ययनको नतिजा प्रकाशन" कार्यक्रम यस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम मगरज्यूको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा वडाध्यक्षज्यूहरू, प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराबाट श्री प्रविण भण्डारी, प्रदेश जनस्वास्थ्य कार्यालय, गोरखाबाट श्री नानि वावु दानि, श्री स्मृति चौधरी, स्वास्थ्य शाखा प्रमुख श्री वीरेन्द्र श्रेष्ठ तथा गाउँपालिकाभित्रका सबै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरू सहभागिता जनाउँदै सहजीकरण गर्नुभएको थियो।

, , , , , , ,

मिति २०८१/१२/०९ गते शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश वावु थापा मगरज्यूको अध्यक्षतामा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सचिब र वडा कम्प्युटर सहायकहरूलाई घटना दर्ता (पञ्जीकरण) र नागरिकता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा विशेष उपस्थिति र प्रशिक्षकको रूपमा जिल्ला प्रशासन कार्यालय, गोरखाका प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेलज्यू र सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालज्यूको उपस्थित रहेको थियो।

, , , , , , ,

शहिद लखन गाउँपालिका तथा केन्द्रीय रिफरल पशु चिकित्सालयको संयुक्त आयोजनामा सामुदायिक कुकुरहरूको नि:शुल्क बन्ध्याकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो। यो कार्यक्रम चैत्र ६ देखि ८ गतेसम्म सञ्चालन गरिएको थियो। यस शिविरमा जम्मा २०८ ओटा कुकुरहरूको बन्ध्याकरण गरिएको थियो, जसमा ८२ ओटा पोथी र १२६ ओटा भाले कुकुर समावेश थिए।

, , , ,

मिति २०८१ चैत्र ०२ गते शहिद लखन गाउँपालिकाको आयोजना, शहीद लखन साहित्य समाजको सहआयोजनामा तथा स्रष्टा पद्यात्रा नेपालको समन्वयमा “स्रष्टा जमघट तथा सिर्जना वाचन समारोह” सम्पन्न भएको छ।
यस समारोहमा राष्ट्रिय तथा स्थानीय स्रष्टाहरूको उपस्थितिमा विभिन्न व्यक्तिहरूद्वारा सिर्जना वाचन, स्रष्टा पद्यात्रा नेपालका स्रष्टाहरूका रचनाहरूको प्रस्तुति, साहित्यिक अन्तरक्रिया तथा स्थानीय संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिनुका साथै गाउँपालिका अध्यक्ष श्री रमेश बाबु थापा द्वारा लिखित “बसन्तको आकुरा” गजल संग्रहको विमोचन सम्पन्न भएको छ ।

, , , , , , , , , , , , , , , , , , ,

शहिद लखन गाउँपालिका र श्री रिपुमर्दन गण, गोरखाको संयुक्त आयोजनामा मिति २०८१/१२/०१ र ०२ गते घैरूङ्ग स्वास्थ्य चौकीमा वृहत स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भयो।
शिविरमा सेवा प्राप्त गर्नेहरू:
कुल: ५२५ जना (महिला: ३५८, पुरुष: १६७)
प्रदान गरिएका सेवाहरू:
दन्त स्वास्थ्य सेवा: १० जना
स्त्री रोग सम्बन्धी सेवा: ९० जना
हाडजोर्नी सम्बन्धी सेवा: १४९ जना
छाला रोग सम्बन्धी सेवा: २२ जना
अन्य रोगहरू सम्बन्धी सेवा: २५४ जना
विशेष परीक्षणहरू:
पाठेघरको मुखको क्यान्सर परीक्षण: ४१ जना
प्रयोगशाला परीक्षण: ७३ जना

, , , , , , , , , , , , , , , , , , ,

आज मिति २०८१।११।२४ गते ११५औं अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च, २०२५) को अवसरमा “सबै महिला तथा बालिकाका लागि: अधिकार, समानता र सशक्तिकरण” भन्ने मूल नाराका साथ शहिद लखन गाउँपालिकाका उप-प्रमुख इन्दिरा तिवारीज्यूको अध्यक्षता, गण्डकी प्रदेश, सभा सदस्य माननीय शुशिला सिंखडाज्यूको प्रमुख आतिथ्य तथा जि.स.स., गोरखाका उप-प्रमुख लिला परियारज्यूको विशेष आतिथ्यमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरियो। साथै, कार्यक्रममा वडा नं.

, , , , , , , , , , ,

Pages

//