आज मिति २०८१।०८।१८ गते शहिद लखन गाउँपालिकाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारी अध्यक्षतामा र गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगरको प्रमुख आथित्यमा रहेको यस कार्यक्रममा १ नं वडाका वडा अध्यक्ष प्रेम गुरुङ , २ नं वडाका वडा अध्यक्ष सकुन थापा मगर, ३ नं वडाका वडा अध्यक्ष दिपक पाण्डे, मनकामना प्रहरी चौकीका प्रमुख, कार्यक्रम संयोजक पूर्ण बहादुर गहतराज तथा स्थानीय महिलाहरूको उपस्थिति रहेको थियो।
समाचार
ग्यालरी
शहिद लखन गाउँपालिकाको आयोजना भएको पालिका स्तरीय "प्रथम सहिद लखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१" आज मिति २०८१।०७।१३ गते सम्पन्न भएको छ। ११ वटा विद्यालयहरूको सहभागिता रहेको यस प्रतियोगितामा श्री रामेश्वरी मा.वि.ले ११ स्वर्ण, २ रजत, २ कास्य पदक प्राप्त गरी लगातार दोस्रो पटक यो उपाधि जित्न सफल भएको छ। त्यसैगरी श्री शहीद स्मृति मा.वि.ले ४ स्वर्ण, ८ रजत, २ कास्य पदक प्राप्त गरी द्वितीय स्थान, श्री जनशक्ति मा.वि.ले ४ स्वर्ण, ६ रजत, ३ कास्य पदक प्राप्त गरी तृतीय स्थान र श्री सिंजाली मा.वि.ले ३ स्वर्ण, ४ रजत, ७ कास्य सहित सान्तवना स्थान हसिल गरेका छन् र अन्य सहभागी विद्या
आज मिति २०८१।०६। १८ गते, शहिद लखन गाउँपालिका, गोरखा र वाइन टु वाटर नेपालको सहयोगमा वडा नं १ मा कार्यान्वयन हुने सानो दिप्लिङ खानेपानी तथा सरसफाइ योजनाको त्रि-पक्षीय सम्झौता सम्पन्न गरिएको भयो।

मिति २०८१।०६।०७ गते, वार्षिक शैक्षिक कार्यक्रम अभिमुखीकरण तथा PE&D France का आर्थिक सहयोगमा एकीकरण नेपाल मार्फत सञ्चालित बालविकास परियोजना अन्तर्गतको बालविकास कोषका लागि प्रत्येक विद्यालयलाई रु २५,००० र बालविकासका लागि आवश्यक सामग्री हस्तान्तरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।





आज मिति २०८१।०६।०२ गते शहिद लखन गाउँपालिकाको आयोजनामा राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा अन्तर विद्यालय शिक्षक हाजिरी जवाफ प्रतियोगिता, शैक्षिक सत्र २०८० मा सैद्धान्तिक तर्फ उच्च सिकाइ उपलब्धि हासिल गर्ने शिक्षक सम्मान कार्यक्रम सम्पन्न भयो। हाजिरी जवाफ प्रतियोगितामा जनशक्ति मा.वि. प्रथम, बक्रेश्वर मा.वि. दोस्रो, गंगाधर मा.वि. तृतीय र रामेश्वरी मा.वि.
















आज मिति २०८१।०५।०४ गते शहिद लखन गाउँपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग कार्य सम्पादन करार सम्झौता कार्यक्रम सम्पन्न गरियो।














*SEE परीक्षा नतिजा समीक्षा तथा आगामी योजना सम्बन्धी शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न**










मिति २०८१।०४।२० गते द्रव्यशाह बहुमुखी क्याम्पस, आबुखैरेनी क्याम्पस र गोरखा क्याम्पसमा स्नातक तहमा अध्ययनरत यस गाउँपालिकाका ३० जना विद्यार्थीलाई जनही ५००० रूपैयाँको दरले स्टेशनरी सहयोग वितरण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुर्याउने र उनीहरूको शैक्षिक प्रगति सुनिश्चित गर्ने लक्ष्य राखेको छ।















