FAQs Complain Problems

मनकामना मन्दिर ।

Read More

प्रथम शहिद लखन थापा स्मारक ।

Read More

माघे सक्रान्ती गोरु जुधाई कार्यक्रम ।

Read More

सहिद लखन गाउँपालिकाको प्रमुख प्रशासकीय भवन समुद्धाटन कार्यक्रम ।

Read More

जन प्रतिनिधिहरु ।

Read More

असार १५ धान दिवस तथा रोपाई महोत्सव

Read More

गाउँपालिका कर्मचारीहरु ।

Read More

शहिद लखन गाउँपालिकाको गाउँ सभाको १५‌‍औं अधिवेशन ।

Read More

शहिद लखन गाउँपालिकाको गाउँ सभाको तेह्रौँ अधिवेशन ।

Read More

सहिद लखन गाउँपालिकाको प्रमुख प्रशासकीय भवन समुद्धाटन कार्यक्रम ।

मिति २०८२ साल जेठ १३ गते मंगलबारका दिन सहिद लखन गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको समुद्घाटन एक समारोहकाबीच पूर्व प्रधानमन्त्री, ने.क.पा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय पुष्प कमल दाहाल प्रचण्डज्यूबाट सम्पन्न भएको छ । उक्त कार्यक्रमको अध्यक्षता सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, प्रमुख अतिथि पूर्व प्रधानमन्त्री, ने.क.पा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य माननीय पुष्प कमल दाहाल प्रचण्डज्यू, विशेष अतिथि गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यू, गण्डकी प्रदेश सभाका सभामुख माननीय कृष्ण प्रसाद धितालज्यू, प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र बजगाईज्यू, संविधान सभाका सदस्य अमर तमुज्यू, पूर्व प्रतिनिधि सभा सदस्य द्वय हरिराज अधिकारी र छम बहादुर गुरुङ्गज्यू, प्रदेश सांसद माननीय सुशिला शिम्खडाज्यू, भरतपुर नगरपालिका प्रमुख रेणु दाहालज्यू, जिल्ला समन्वय समिति गोरखाका प्रमुख र उपप्रमुखज्यू, गोरखा जिल्ला भित्रका नगरपालिकाका प्रमुखज्यूहरु र गाउँपालिकाका अध्यक्षज्यूहरु, नगरपालिकाका उपप्रमुखज्यूहरु,प्रमुख जिल्ला अधिकारीज्यू, स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकज्यू, गाउँपालिकाका उपाध्यक्षज्यूहरु, जिल्ला स्तरीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु,जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखज्यूहरु, नगरपालिका तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यूहरु, सहिद लखन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यू र पूर्व प्रमुख प्रशासकीय अधिकृतज्यूहरु, वडाध्यक्ष तथा गाउँ कार्यपालिका सदस्यज्यूहरु, न्यायिक समिति सदस्यज्यूहरु तथा गाउँ सभा सदस्यज्यूहरु, गाउँपालिकाका विज्ञ सल्लाहकार सदस्यज्यूहरु, मनकामना मन्दिरका मूल पूजारीज्यू, सहिद लखन गाउँपालिकाका पूर्व जनप्रतिनिधिज्यूहरु,गाउँपालिका स्तरीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु, पत्रकार महासंघ गोरखाका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु, सहिद लखन गाउँपालिकाका शाखा प्रमुखज्यूहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरु, कर्मचारी तथा शिक्षकहरु,लखन थापा स्मृति प्रतिष्ठानका पदाधिकारीहरु, मनकामना दर्शन प्रा.लि.का सञ्चालक तथा प्रतिनिधि, भवन निर्माण कम्पनी तथा परामर्शदाता, सुरक्षा निकायमा प्रमुख तथा प्रतिनिधिज्यूहरु, प्रमुख प्रशासकीय भवन तथा घैरुङ्ग स्वास्थ्य चौकीको भवनको जग्गादाताहरु, सहिद तथा वेपत्ता परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा सहिद तथा वेपत्ता परिवार,जग्गादाताहरु र कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा प्रत्यक्ष–परोक्ष सहयोग गर्ने संघीय र प्रदेश सरकार, जिल्ला समन्वय समिति, प्रतिनिधि सभा सदस्यज्यू र प्रदेश सभा सदस्यज्यू, गाउँपालिकाका विज्ञ सल्लाहकारहरु, राजनीतिक दलहरु, पत्रकार,परामर्शदाता, निर्माण कम्पनी, प्राविधिक तथा कर्मचारीहरु, श्रमिक वर्ग र सम्पूर्ण गाउँपालिकाबासीहरुलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछौ।

संक्षिप्त परिचय

शहिद लखन गाउँपालिका नेपालको संविधान २०७२ को कार्यान्वयनको क्रममा स्थानीय तहको गठन आदेश वमोजिम  मिति २०७३ फागुन २७ गते गठन भएको हो । गोरखा जिल्लाको दक्षिणपूर्वी भागमा रहेको यस गाउँपालिकामा साविकका बक्राङ्ग, मनकामना, ताक्लुङ्ग, घैरुङ्ग, बुंकोट र नामजुङ्ग गा.वि.स.हरु समाबेश भइ यस गाउँपालिकाको गठन भएको हो । यसको क्षेत्रफल १४९.०३ वर्ग कि.मी. र २०७८ सालको जनगणना अनुसार यस गाउँपालिकाको  जनसंख्या  २३०७६(पुरुष १०८०७ र महिला १२२६९) रहेको छ । यस गा.पा. को सिमानामा पूर्वमा भिमसेन थापा गा.पा., गण्डकी गा.पा. र धादिङ्ग जिल्ला, पश्चिममा गोरखा न.पा. र तनहुँ जिल्ला, उत्तरमा भीमसेन थापा गा.पा र गोरखान.पा., दक्षिणमा गण्डकी गा.पा., तनहुँ र चितवन जिल्ला रहेको छ । यस गाउँपालिकामा मगर, गुरुङ्ग, नेवार, क्षेत्री, ब्राह्मण, चेपाङ्ग र दलितहरुको मुख्य बसोबास रहेको छ भने अन्य जातिमा बराम, मुस्लिम, माझी आदिको पनि बसोबास रहेको छ ।

नेपालका प्रथम शहिद: लखन थापा मगर

नेपालका प्रथम शहिद लखन थापा मगरको जन्म वि.सं. १८९१ मा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७ स्थित काहुले भंगार भन्ने गाउँ (साविक वुङ्कोट गा.वि.स. वडा नं. ४) मा भएको थियो । आफ्नो माता–पिताको जुम्ल्याहा सन्तानमध्ये कान्छो सुपुत्र भएकाले लखनको वास्तविक नाम लक्ष्मणसिंह थापा राखिएको थियो ।

प्रसिद्ध धार्मिक स्थलः मनकामना माईको मन्दिर

गोरखा जिल्लाको शहिद लखन गाउँपालिकामा अवस्थित मनकामना माईको मन्दिर महत्वपूर्ण शक्तिपीठ मानिन्छ । वार्षिक रुपमा करिव ११÷१२ लाख भक्तजनहरु मनकामनाको दर्शनका लागि पुग्ने गर्दछन् । विशेषगरी दशैँ, नागपञ्चमी, अष्टमी, गुठी पञ्चमी र वैशाख पञ्चमीका दिन पूजा गर्न आउने श्रद्धालु भक्तजनहरुको यहाँ ठूलो भीड लाग्ने गर्दछ । यहाँ प्रत्येक अष्टमीका दिन बली चढाइन्छ । मनकामना माईको दर्शन गर्नाले मनले चिताएको इच्छा (मनोकांक्षा) पूरा हुने धार्मिक विश्वास रहि आएको छ । त्यसैले यो मन्दिर अत्यन्तै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको छ । नेपालमा प्रथम शहिद लखन थापा मगरले पनि आफ्नो विद्रोही अभियानमा जनसमर्थन बढाउनका लागि रणनीतिक रुपमा मनकामना माई र मनकामना प्रथम पुजारी सिद्ध लखन थापाको प्रसिद्धीलाई उपयोग गरेको देखिन्छ ।

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
९८५६०४०३७५
cp@shahidlakhanmun.gov.np
उपाध्यक्ष
9846433515
vcp@shahidlakhanmun.gov.np
गाउँ कार्यपालिका सदस्य / प्रबक्ता
9846908687

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
Phone:
९८५६०१०५३३
प्रशासकिय अधिकृत / सूचना अधिकारी
Phone:
9856010534

Shahid Lakhan Rural Municipaity Short Video Documentry

सेवाहरु

सेवा प्रकारः- सम्बन्ध विच्छेद दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
  • पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
  • केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने
सेवा प्रकारः- बसाइसराइ जाने/आउने दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
  • जहाँ जाने त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
  • जाने आउने ब्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
  • चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- मृत्यु दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
  • मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
  • अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  • मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
  • सूचना दिने ब्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • बालकको बाबु/आमाको नागरिकता
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • स्पतालमा जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- मालपोत वा भूमिकर
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • प्रथम बर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नविकरणका लागी अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्यालयबाट गारी गरिएको मालपोत नविकरण बुक
  • घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण
सेवा प्रकारः- बिज्ञापन कर
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन र संस्थाको प्रमाणित कागजात
  • सम्बन्धित स्थानीय तहमा तिर्नु बुझाउनुपर्ने ब्यवसाय र अन्य करको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- बहाल कर
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र
  • बहाल सम्झौता
  • नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
  • नागरिकताको प्रमाणित प्रतिलिपि
  • चालु आ.व. सम्म घर जग्गा र मालपोत तिरेको रसिदको वा निर्धारण आदेशको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- एकीकृत सम्पत्ति कर/घर जग्गा कर
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  •  
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • भवन नक्सा स्वीकृत प्रमाणपत्र र नक्साको प्रतिलिपि
  • भवन/जग्गा खरिद गरेको भए मालपोतबाट रजिष्ट्रेशन पारित लिखित प्रतिलिपि
  • (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएका भवनका हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन
  • मालपोत तिरेको रसिद
  • आ.व. ०५७/५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेको भए सो को प्रमाणित प्रतिलिपि
  • नागरिकता र नापी नक्साको प्रमाणित प्रतिलिपि

योजना तथा कार्यक्रम

कानुन तथा अन्य जानकारी